युरोकप फुटबलमा स्पेन र पोल्याण्ड बराबरीमा रोकिएका छन्।
शनिबार राति भएको खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो।
खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए।