‘...अनि म त इन्डिया हिँडें’

गएको वर्ष कोरोनाभाइरसको महामारीले परदेशमा दु:ख पाएपछि उनी कहिल्यै परदेश नपस्ने वाचा गरेर घर फर्किए। धनगढी उपमहानगरपालिका-११ का राम विक भारतको राजस्थानमा मजदुरी गर्थे।

उनी फर्किएको केही समयपछि प्रदेश सरकारहरूले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याए। सुदुरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित भएर विदेशबाट फर्केकालाई रोजगारी दिन १६ करोड रुपैयाँ छुट्ट्यायो।

बजेटले कृषिमा केही गर्न चाहनेलाई विशेष अनुदान दिने भनेको सुनेर राम दंग परे। आफैंसँग गरेको वाचा पूरा हुने सपना देखे। उनले मनमनै दोहोर्‍याए- यहीँ काम गर्छु, परदेश त जाँदै जान्नँ।

केही दिनमै बजेटको उक्त कार्यक्रमअन्तर्गत निवेदन दिन वडा कार्यालयले सूचना निकाल्यो। उनले पहिलो दिनमै  निदेवन दिए।

निवेदनमा नाम, ठेगाना, कुन ठाउँबाट फर्केको, के व्यवसाय गर्न चाहेकोबारे प्रस्ट खुलाउन भनेको थियो। उनले त्यहीअनुसार भरे।

एक महिनापछि वडा कार्यालयले थप विवरण राखेर फेरि निवेदन दिनु पर्ने भन्दै सूचना जारी गर्‍यो।

दोस्रो पटक उनले धेरै विवरण राख्नु पर्ने थियो।

प्रकाशित मिति: : 2021-06-20 14:57:00

प्रतिकृया दिनुहोस्