मौसम: प्रचण्ड गर्मीले हाम्रो दिमागलाई कस्तो असर पार्छ?

बिबिसी

काठमाडाैं

सन् १९८८ को जुलाई महिना। अमेरिकामा हालसम्मकै सबैभन्दा गर्मी महिना। सहरका बासिन्दाहरूको घुइँचो समुद्री तटमा थियो भने वातानुकूलित उपकरणको अत्यधिक प्रयोगले बिजुलीको खपत अत्यधिक उच्च थियो।

कैयौँ द्रुतमार्गहरूमा धेरै तातेका गाडीहरू बिग्रिएर रोकिएका थिए। बरफ खाई सक्नुभन्दा अघि नै पग्लिने गर्थ्यो।

तर त्यो प्रचण्ड गर्मीमा यीबाहेक अरू चिज पनि भइरहेको थियो।

वास्तवमा सन् १९८८ को गर्मीले मात्रै होइन हिंसात्मक घटनाको पनि कीर्तिमान कायम भएको थियो।

अभूतपूर्व सङ्ख्यामा हत्या, बलात्कार, हतियारसहित डकैती र आक्रमण भएका थिए। त्यो सङ्ख्या झन्डै १५ लाख ६० हजार रहेको थियो।

शताब्दीऔँदेखि मानिसहरूले गर्मी मौसमले हाम्रो व्यवहारमा प्रभाव पार्ने आशङ्का गर्दै आएका थिए।

गर्मीमा उच्च अपराध

सबैभन्दा प्रारम्भिक अध्ययन १९ औँ शताब्दीको अन्त्यमा भएको थियो जुन अपराधको तथ्याङ्कसँग जोडिएको छ।

त्यो विश्लेषणमा मानिसविरुद्धका कसुर गर्मी महिनामा बढ्ने र सम्पत्तिसम्बन्धी कसुर आम रूपमा जाडो महिनामा हुने देखिन्छ।

प्रकाशित मिति: : 2021-06-20 17:06:00

प्रतिकृया दिनुहोस्