आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला पक्राउ

Photo - Facebook
Photo - Facebook

प्रहरीले आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा संग्रौलासहित तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ज्वालासहित हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन्।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो। त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन्।

ज्वालामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको आरोप पनि छ।

प्रकाशित मिति: : 2021-06-20 19:15:00

प्रतिकृया दिनुहोस्