स्वघोषित अभियन्ताका गतिविधिले हैरान सरकारी निकाय, प्रहरी भन्छ– यिनीहरूले निकै सताए !

लोकान्तर

काठमाडौँ

सामाजिक सञ्जालमा केही फलोअर्स भएकै कारण स्वघोषणा गरेर अभियन्ता बनेकाहरूबाट पछिल्लो समय सुरक्षा निकायसहित राज्यका हरेक निकाय हैरान छन् ।

सामाजिक सञ्जाल र युट्युबमा चर्को स्वरमा गाली गरेको भरमा चन्दा उठाएर केही पीडितलाई सहयोग गरेपछि उनीहरूले आफूलाई अभियन्ता घोषणा मात्र गरेका छैनन्, जताततै आफ्नो कथित पावर र रवाफ देखाउन थालेका छन् । 

ड्युटीमा खटिएका प्रहरीलाई थर्काउँदै सरुवा गरिदिने धम्की दिएको भिडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

छापामार शैलीमा सरकारी कार्यालयमा छापा हान्ने, प्रहरीले अनुसन्धान गरिरहेका र अदालतमा विचाराधीन मुद्दामा समेत जथाभावी बोल्ने, प्रभावित पार्ने काम गर्दै हिँडेको भिडियोहरू पनि सामाजिक सञ्जालमा प्रस्टै देख्न सकिन्छ ।

युट्युबमा ट्रेन्डिङमा आएकै भरमा आफूलाई ३ करोड नेपालीको प्रतिनिधि भन्दै रवाफ देखाउन उनीहरू व्यस्त छन् ।

यसैको पछिल्लो उदाहरण हो, ज्वाला संग्रौला प्रकरण ।

केही समयअगाडि महानगरीय प्रहरी वृत्त महारागञ्जमा कार्यरत असई मणिकान्त झाविरुद्ध ‘नश्लीय’ टिप्पणी गरेको आरोपमा उनीसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: : 2021-06-22 11:07:00

प्रतिकृया दिनुहोस्