युवा पुस्तामाझ बलिउड अभिनेता शाहिद कपूरको क्रेज लोलाग्दो छ। अझै भन्ने हो भने शाहिद फ्यानहरुमा युवतीको संख्या धेरै छ।
त्यसो त शाहिद चलचित्रमा आउनुभन्दा पहिले विभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा काम गरिसेका थिए।
शाहिद चलचित्रमा आएपछि पनि सुरुमा मुख्य पात्रको भूमिका पाएनन्। विभिन्न चलचित्रमा सहायक पात्र बनेर भूमिका निभाए। तर उनले चलचित्र 'इश्क इश्क'मा पहिलो पटक मुख्य पात्रको भूमिका निभाए। जसलाई शाहिद आफै पनि करिअरको 'टर्निङ पोइन्ट' मान्छन्।
त्यसपछि उनका चलचित्रहरु 'विवाह' र 'जब वी मेट' ले बक्स अफिसमा सोचेभन्दा ज्यादा सफलता हात पारे। अझै त्यसपछि पनि 'आर राजकुमार' र 'पद्मावत'ले उनको सफलतालाई उचाइमा पुर्यायो।
पछिल्लो समय उनको चलचित्र 'कविर सिंह'ले नयाँ कीर्तिमान नै कायम गर्यो। जुन चलचित्र दक्षिण भारतीय चलचित्रको रिमेक थियो। 'कविर सिंह'को लागि शाहिदले ४० करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यहरुमा उल्लेख छ।