निषेधाज्ञामा नाई मजदुरको चित्कार– भोकै मर्ने भइयो, हामीलाई पनि हेरिदिनुपर्‍यो [भिडियो रिपोर्ट]

लोकान्तर

काठमाडौँ

विश्वास खनाल

कोरोनाभाइरस (कोभिड- १९) संक्रमण फैलिन नदिन भन्दै घोषित निषेधाज्ञाका कारण अन्य कैयन क्षेत्रजस्तै सैलुन र ब्युटीपार्लर पनि पूर्ण प्रभावित भएको छ ।

अघिल्लो वर्ष महिनौं प्रभावित भएको व्यवसाय लयमा फर्किन नपाउँदै करीब २ महिनादेखि पूर्णरूपमा ठप्प बनेको हो ।

सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाए पनि यी व्यवसायलाई भने सञ्चालन अनुमति दिएको छैन । जसका कारण यसमा आश्रित व्यक्ति र उनीहरूको परिवारलाई हातमुख जोर्न पनि समस्या हुन थालेको छ ।

यस्तै पीडा भोग्ने मध्येका एक हुन्, २४ वर्षका सुनिल ठाकुर ।

घरायसी कारणले बीचमै पढाइ छाडेका ठाकुरले कपाल काट्ने पुर्ख्यौली पेशा अंगाले । कमाइ राम्रै थियो ।

अहिले आएर कोरोना महामारीका कारण हातमुख जोर्नै समस्या हुन थालेको छ ।

महामारीमा व्यवसाय बन्द भएपछि उनका बुवा काठमाडौं छाडेर घर फर्किसकेका छन् ।

अघिल्लो लकडाउनमा त घरमै पुगेर पनि कपाल काटेका उनी अहिले कसैले घरमा नबोलाउँदा थप समस्यामा छन् ।

प्रकाशित मिति: : 2021-06-25 22:25:00

प्रतिकृया दिनुहोस्