लकडाउनका कारण रोकिएको सक्किगोनी असार १७ गतेबाट प्रसारण हुँदै

कोरोना कहर र लकडाउनका कारण प्रशारण रोकिएको हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ यहि बिहिबार असार १७ गतेबाट प्रसारण हुने भएको छ।

कोरोनाको त्रासका कारण छायांकन गर्न नसकिएको भन्दै  केही साताको लागि सिरियलको प्रसारण स्थगन गरिएको थियो।

सक्किगोनीका निर्देशक कुमार कट्टेलं ‘जिग्री’ले प्रशारण रोकिँदा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आगामी दिनमा माया, सल्लाह, सुझाव र साथको अपेक्षा राखेको बताएका छन्।

सदा झैँ हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने उनले बताए।

प्रकाशित मिति: : 2021-06-27 20:14:00

प्रतिकृया दिनुहोस्