‘पूर्ण रुपमा खोप नलगाएसम्म संक्रमण नियन्त्रण हुँदैन’

देशसञ्चार

काठमाडाैं

टिकट काउन्टरअगाडि केही मानिस क्रमबद्ध लाइन लागिरहेका थिए। केही ओपिडीअगाडि थिए। त्यसैमध्येका केही डा. शेरबहादुर पुनलाई बीचमा पारेर सोधपुछ गरिरहेका थिए।

तर, महिना दिनअगाडि आकस्मिक कक्षमा थेग्न नसक्ने बिरामीको घुइँचो लाग्ने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुनसान थियो।

आकस्मिक कक्षको छेउमै रहेको सोधपुछ कक्षमा तीन जना कर्मचारी आपसमा कुराकानी गर्नमा व्यस्त देखिन्थे। तनावरहित चिकित्सक यताउता ओहोर दोहोर गर्दै थिए।

कोही आकस्मिक कक्षमा बिरामीका रिपोर्ट हेर्नमा व्यस्त देखिन्थे। तर, संक्रमणको सुरुवाती दिनमा जस्तो भने होइन, रिपोर्ट हेर्दै गरेका चिकित्सक अत्तालिएका देखिँदैनथे।

एक जनाको रिपोर्ट हेर्दाहेर्दै हतारिएर अर्को बिरामीलाई हेर्न जानुपर्ने अवस्था विल्कुलै थिएन। तैपनि, उनीहरू बिरामीको उपचारका लागि भने सदैव जस्तै तम्तयार भएरै बसेका थिए। बिरामीले खचाखच भरिएको अस्पतालको पेटीमा सन्नाटा छाएको थियो। बिरामीले भरिएका बेञ्च खाली थिए।

पछिल्लो समय संक्रमितको संख्या घट्दै जाँदा अस्पतालमा बिरामीको संख्यामा कमी आउन थालेको विज्ञहरूले बताए।

प्रकाशित मिति: : 2021-06-28 20:23:00

प्रतिकृया दिनुहोस्