‘रियल हिरो’ को सम्मान पाएपछि पल शाहले भने, ‘देखावटीको लागि सहयोग गरेको होइन’

सामाजिक सञ्जाल
सामाजिक सञ्जाल

अभिनेता पल शाह ‘रियल हिरो अफ दि इयर’ को उपाधिबाट सम्मानित भएका छन्। 

कोरोना महामारीका कारण समस्यामा परेका फिल्मकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ ले अभिनेता  शाहलाई सो उपाधिबाट सम्मानित गरेको हो। 

कोरोना महामारी पहिलो लहरदेखि नै सामाजिक कार्यमा सक्रिय भएर कोरोना पीडितदेखि बाढी पीडितसम्मलाई सहयोग गरेका कारण उनले 'रियल हिरो’ को उपाधि हासिल गरेका हुन्।

मंगलबार एक कार्यक्रमकाबीच रजतपट कोशेलीका प्रकाश सुवेदी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतले पललाई सात केजीको माला लगाईदिएर समान पत्र दिएका थिए। 

सम्मानपछि उनले देखावटीका लागि मात्र आफूले सामाजिक कार्य नगरेको बताउदैं भने, ' सहयोगका लागि मनदेखि भावना आउनुपर्छ।' 

आफूलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा किन हालेको भनेर सोध्ने गरेको भन्दै उनी भन्छिन्, 'मैले देखाउनका लागि फोटो हालेको होइन, अरुलाई इन्स्पायर्ड गर्नका लागि हो, मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्नका लागि हो।' समस्यामा परेका मानिसलाई सबै जनाले सहयोग गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2021-06-29 22:55:00

प्रतिकृया दिनुहोस्