अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेल वैवाहिक बन्धनमा बाधिएका छन्।
एक वर्षदेखिको प्रेम सम्बन्धमा रहेका उनीहरुले शुक्रबार काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाह गरेका हुन्।
रौनक नेपाली फिल्मका निर्माता पनि हुन्। उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरिसकेका छन्। सुपुष्पाले भने ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन्। जुन फिल्म बक्सअफिसमा सफल हुन सकेन। यसपछि उनले ‘छ माया छपक्कै’ मा अभिनय गरेकी छन्।