मद भनेको के हो र के गर्छ ?

लोकान्तर

काठमाडौँ
कमल रिजाल

 

जीवन ऊर्जाका विभिन्न आयाम छन् । तिनमा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य प्रमुख मानिन्छन् । यद्यपि कतिपय दार्शनिकले यिनलाई दुर्गुण मानेका छन् तर ती आंशिक मात्र सत्य हुन्, पूर्ण सत्य होइनन् ।

पूर्ण सत्य त यही हो कि ती प्रयोग गर्न नजान्दा मात्र दुर्गुण हुन्, दुर्गुण बनेर दुःख दिने हुन् । प्रयोग गर्न जानेको खण्डमा ती दुर्गुण होइन, अपितु जीवन ऊर्जाका विशिष्टतम आयाम हुन्  । उदाहरणका लागि यहाँ मदलाई लिइएको छ । 

मदको सोझो अर्थ घमण्ड वा अहंकार हो । अर्को अर्थमा स्वाभिमान पनि भन्न सक्नुहुन्छ । यो जसमा पनि हुन्छ । बालकमा हुन्छ, वृद्धमा हुन्छ । युवामा झन् हुन्छ । धनी, गरीब, ठूलो, सानो शक्त, अशक्त सबैमा हुन्छ । पशुपन्छीमा हुन्छ, कीरा कमिलामा हुन्छ, जड, चेतन सबैमा हुन्छ । यसलाई सबैले आउँदा साथै लिएर आएका हुन्छन्, जाँदा सँगै लिएर जान्छन् ।  

सबै भन्छन् घमन्ड र अहंकार गर्नु हुन्न, त्याग्नुपर्छ तर त्याग्न भने कसैले पनि सक्दैनन्,  सकेका हुँदैनन् । जसको विना तपाईंंको अस्तित्व नै सिद्ध हुँदैन भने त्यसलाई त्याग्नुहुन्छ नै कसरी ? यसको अर्थ हो अहंकारी नहुनुस् भन्ने होइन । हुनुस्, बढी नै हुनुस् भन्ने हो तर सिधै होइन रूपान्तरणको तरिकाबाट, व्यवस्थापनको तरिकाबाट ।

प्रकाशित मिति: : 2021-07-03 12:02:00

प्रतिकृया दिनुहोस्