बलिउड अभिनेता आमिर खानले गरे सम्बन्धविच्छेद

Photo : indiatoday.in
Photo : indiatoday.in

बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण राओले सम्बन्ध विच्छेदको घोषणा गरेका छन्।

वैवाहिक सम्बन्धमा बाधिएको १५ वर्षपछि यो जोडीले सम्बन्धविच्छेदको घोषणा गरेको हो। उनीहरुले सन् २००५ मा विवाह गरेका थिए।

सामाजिक सञ्जाल सम्बन्धविच्छेदबारे जानकारी दिदै यो जोडीले भनेका छन्, 'लामाे समयको सहयात्रामा हामीले एकअर्कालाई सक्दो प्रेम दियौं। विश्वास गर्यौं। एकअर्काको लागि असल पति-पत्नी बन्ने प्रयास गर्यौं।'


उनीहरुले थपेका छन्, 'अब हामीले हाम्रो औपचारिक सम्बन्धमा पुर्णविराम लगाउने निर्णय गरेका छौं। हामी दुबैले हाम्रो सन्तानप्रति कुशल अभिभावकत्व निर्वाह गर्नेछौं।'

यो दम्पतीको एक छोरा पनि छन्, आजाद। आजाद सन् २०११ मा जन्मिएका थिए।

प्रकाशित मिति: : 2021-07-03 13:41:00

प्रतिकृया दिनुहोस्