कोभिड नेपाल: अबको पाँच महिनामा नेपालले कहाँबाट कति खोप भित्र्याउँदै छ?

बिबिसी

काठमाडाैं

सन् २०२१ भित्र नेपाललाई खोप विक्री गर्न नसक्ने अधिकांश खोप उत्पादक कम्पनीहरूले बताएकाले अर्को वर्षका लागि खोप खरिद गर्न प्रक्रियाहरू अघि बढाइएको स्वास्थ्य सेवा विभागका एक जना अधिकारीले बीबीसीलाई बताएका छन्।

चीनबाट खरिद गरिएको कोरोनाभाइरस विरुद्धको खोप आगामी साताबाट आपूर्ति हुन लाग्दा अधिकारीहरूको यस्तो भनाइ आएको हो।

हालसम्म भारतको सीरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरिरहेको अक्सफर्ड आस्ट्राजेनेकाको कोभिशील्ड खोप र चीनको सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप नेपालमा प्रयोग भइरहेको छ।

गएको माघ १४ गतेबाट खोप अभियान सुरु भएयता अहिलेसम्म नेपालको जनसङ्ख्याको लगभग ९ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको र ३ प्रतिशतले दुवै मात्रा खोप लगाएको बताइन्छ।

चिनियाँ खोप कसरी आउँदैछ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार आगामी असारको २४ गतेबाट निरन्तर रूपमा चिनियाँ खोपको आपूर्ति हुने जानकारी आफूले पाएको बीबीसीलाई बताए।

उनी भन्छन्, "जुलाईको आठ तारिखपछि प्रत्येक हप्ता जस्तै गरी खोपको आपूर्ति हुन्छ। एकैचोटि धेरै ल्याएर भण्डारण गर्नसक्ने हाम्रो क्षमता पनि छैन। अहिलेसम्म हाम्रो भण्डारणको जुन क्षमता छ त्यसको अत्यधिक प्रयोग हुने गरी खोप आउँछ र त्यो केन्द्रमा नै रहँदैन।"

प्रकाशित मिति: : 2021-07-03 20:21:00

प्रतिकृया दिनुहोस्