बलिउड अभिनेता रणवीर सिंहको एउटा फोटोशुट सामाजिक सञ्जालमा यतिबेला भाइरल बनिरहेको छ।
समाजिक सञ्जालमा रणवीरको प्रंशसा र आलोचना गर्नेहरुको संख्या उत्तिकै छ।
रणबीरले नयाँ फोटोसुटमा गुची ब्रान्डको ट्र्याक सुट लगाएकाे देखिन्छ। त्यसो त निलो रङको ट्र्याक सुटमा रणबीरलाई सुहाएकै देखिन्छ। तर केही मानिसले उनलाई हलिउड अभिनेता जेरेड लेटोसँग तुलना पनि गरिरहेका छन्।
गुचीको वेबसाइटका अनुसार रणवीरले लगाएको जगिङ पाइन्टको मूल्य १,९८० डलर अर्थात् नेपाली २ लाख ३६ हजार रुपैयाँ हो। यस्तै उनले लगाएको साइनी जर्सी स्वेटशर्टको मूल्य १६५० डलर अर्थात् नेपाली १ लाख ९६ हजार रुपैयाँ हो।
यो दुईवटा गरी यो ट्र्याक सुटको कूल मूल्य ४ लाख रुपैयाँ बढी रहेको छ। रणबीरले लगाएको फेडोरा क्यापको मुल्य ५३० डलरको अर्थात् ६३ हजार बढी पर्छ।