जनकपुरमा प्रधानमन्त्री ओलीको समर्थन र्‍याली,  प्रतिपक्षी दलको पुत्ला दहन 

विजय साह

जनकपुर

जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थकमा र्‍याली गरिएको छ। 

राष्ट्रिय युवा संघ धनुषाको आयोजनामा केपी सरकारको समर्थन लिंदै नगर परिक्रमा गरी जनक चौकमा सभापति शेरबहादुर देउवा, माधव नेपाल, पुष्पकमल दाहाललगायत उपेन्द्र यादवका पुत्ला दहन गरिएको थियो। र्‍यालीमा अत्यधिक संख्यामा रहेकाले युवाले केपी सरकार जिन्दावादका नारासमेत लगाएका थिए। 

प्रकाशित मिति: : 2021-07-04 19:25:00

प्रतिकृया दिनुहोस्