विदेशबाट ल्याइएका मोबाइल फोनमा साउनदेखि 'कर लाग्ने', दर्ता नगरी ल्याइएका फोन 'नचल्ने'

बिबिसी

काठमाडौं

आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन ''नेपालमा नचल्ने'' नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने अधिकारीहरूले बताएका छन्।

त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुनेछ।

प्रकाशित मिति: : 2021-07-06 09:03:00

प्रतिकृया दिनुहोस्