विश्वकै ठूलो फिल्म फेस्टिभल 'कान्स' बुधबारदेखि फ्रान्समा सुरु भएको छ।
कोरोनाभाइरस महामारीकै बीच सुरु भएको फेस्टिभल अन्य वर्षभन्दा भिन्न देखिएको छ। यो वर्ष फेस्टिभलमा तुलनात्मक रुपमा कम सेलिब्रेटीहरुको उपस्थित थियो।
हलिउड निर्देशक स्पाइक ली यसपटक कान्सको मुख्य निर्णायक छन्। जुलाई १७ मा निर्णायकले विजेता फिल्महरुको सूची सार्वजनिक गर्नेछन्।