'कामासूत्र'काे याे फाेटाेशुट जसले शर्लिन चोपडालाई रातारात 'हिट' बनायाे

कामुक कथामा निर्माण भएका चलचित्र मन पराउनेहरुको लागि शर्लिन चोपडा कुनै नौलो नाम होइन।

अभिनेत्री शर्लिन चोपडा लामो समयदेखि बलिउडमा संघर्षरत थिइन्। उनले विभिन्न म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्दा पनि उनी दर्शकहरुको 'नोटिस'मा पर्न सकिनन्।

तर, उनको करियरले त्यतिबेला नयाँ मोड लियो, जब 'कामासुत्र-थ्रीडी' चलचित्रको पहिलो अफिसियल पोस्टर सार्वजनिक भयो।

सन् २०१२ नोभेम्बर २२ काे दिन साँझ ठिक ४ बजे सार्वजनिक भएको पोस्टरले एकाएक शर्लिनलाई चर्चामा पुर्यायो। भलै, कसैले राम्रो प्रतिक्रिया दिए भने कसै नराम्रो प्रतिक्रिया दिए।

यो चलचित्र सन् २०१३ जनवरी १९ मा रिलिज गरिएको थियो। चलचित्रलाई रुपेश पौलले निर्देशन गरेका थिए।

चलचित्रमा एक युवा र युवती मुख्य पात्र छन्। चलचित्रको कथामा सेक्सलाई शरीरिक सम्पर्कको रुपमा मात्र नलिइ मस्तिष्क र आत्मासँग पनि जोडिएको छ। चलचित्रमा कामादेवीको भूमिका शर्लिनले निभाएकी छन्। उनीसँग अभिनेता मिलिन्ड गुनाजीले स्क्रीन शेयर गरेका छन्।

चलचित्रमा शर्लिनले खुलेरै अंग प्रदशन गरेकी छन्। उनी निर्वस्त्र बनेका सीनहरु थुप्रै छन्। चलचित्रमा पाँच ओटा क्लासिकल गीतहरु समावेश गरिएका छन्।

काे हुन् शर्लिन चाेपडा

प्रकाशित मिति: : 2021-07-10 05:58:00

प्रतिकृया दिनुहोस्