अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रहरी हवल्दार घिमिरेले मुद्दा मिलाइदिने भन्दै रु तीन लाख ९९ हजार ५०० घुस लिएको पाइएको आयोगले जनाएको छ।
आयोगले प्रहरी हवल्दार घिमिरे र व्यवसायी स्वर्णकारविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।