राजनीतिमा कहिल्यै नलाग्ने रजनीकान्तकाे घाेषणा

दक्षिण भारतीय चलचित्र क्षेत्रका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिबाट टाढा रहने घोषणा गरेका छन्।

उनले ‘रजनी मक्कल मन्द्रम’ का सदस्यहरुसँग छलफल गर्दै राजनीतिमा कहिल्यै नआउने घोषणा गरेका हुन् । उनले  ‘रजनी मक्कल मन्द्रम’ समेत विघटन गरेका छन्।

उनले अब  ‘रजनी रसीगर नरपानी मन्दराम’ नामक संगठनबाट जनताको सेवा काम गर्ने बताएका छन्।

उनी केही दिनअघि अमेरिकामा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका थिए। उनलाई केही समय सुटिङ नगर्नसमेत डाक्टरले सुझाव दिएका छन्।
 

प्रकाशित मिति: : 2021-07-14 06:55:00

प्रतिकृया दिनुहोस्