स्कर्टिङ गरेर ओलीलाई बालुवाटारदेखि बालकाेट पुर्‍याइदै, कौशलटारदेखि स्थानीयले फूलमालसहित स्वागत गर्ने

File photo
File photo

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन्।

ओलीले ११ बजे सरकारी निवास छाडेर निजी निवास बालकोट जान लागेका हुन्।

एमालेकै भातृ संगठन 'युथ फोर्स'ले ओलीलाई बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गरेर पुर्‍याउने र कौशलटारदेखि बालकोटसम्म स्थानीय जनताले ओलीलाई फूलमालसहित स्वागत गर्ने बताइएको छ।

स्कर्टिङमा १५ सयभन्दा धेरै गाडी र २५ सयभन्दा धेरै मोटरसाइकल सहभागी रहने बताइएको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो (मंगलबार) प्रधानमन्त्रीको सपथ लिइसके्का छन्। 

प्रकाशित मिति: : 2021-07-14 07:29:00

प्रतिकृया दिनुहोस्