ललिता निवास प्रकरण: विशेष अदालतमा हाजिर भए विजय गच्छदार

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार बुधबार अदालतमा हाजिर भएका हुन्।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो। तर गच्छदार अदालतमा उपस्थित भएका थिएनन्।

विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका गच्छदार बुधवार आफैं विशेष अदालत पुगेका हुन्।

बुधवार थुनछेक बहस हुने विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।

प्रकाशित मिति: : 2021-07-14 12:00:00

प्रतिकृया दिनुहोस्