प्रधानमन्त्री देउवा माधव नेपाललाई भेट्न कोटेश्वरमा

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन्।

बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेकाे स्राेतले जनाएकाे छ। 

स्राेतका अनुसार मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल  जारी रहेकाे  छ।

नेपाल मंगलबार भएको देउवाको सपथ ग्रहणमा पनि सहभागी भएका थिए। शितल निवासमा उनले देउवालाई बधाई दिएका थिए।

प्रकाशित मिति: : 2021-07-14 18:27:00

प्रतिकृया दिनुहोस्