कार किनेर कर नतिरेपछि विजयलाई जरिवाना

दक्षिण भारतका अभिनेता विजयलाई  अदालतले १ लाख जरिवाना तिर्न आदेश दिएको छ। विजयले आफ्नो लग्जरी कार रोल्स रायस घोस्टमाथि कर लगाएकोमा आपत्ती जनाउँदै आएका थिए।

‘जसलाई मानिसहरुले रियल हिरो नै मान्छन्, उनीहरु पर्दाको मात्र हिरो रहन सक्दैनन्। यस्तो सम्मानित पेशामा रहेका नायकबाट सही समयमा सही तरिकाले करको अपेक्षा गरिन्छ। जसलाई फ्यानले रियल हिरोको रुपमा हेर्छन्, उनीहरु पर्दाको हिरोको रुपमा मात्र सिमित रहन सक्दैनन्।’ अदालतले भनेको छ।

सन् २०१२ मा विजयले बेलायतबाट  यो कार किनेका थिए।

रोल्स रायस घोस्टको भारतीय बजारमा ६ करोड रुपैयाँ पर्दछ। तमिदनाडुमा उक्त कार किने वापत २० प्रतिशत कर लाग्छ।  साेही कार किने वापत अदालतले विजयलाई कार तिर्न आदेश दिएको छ।

प्रकाशित मिति: : 2021-07-15 18:38:00

प्रतिकृया दिनुहोस्