भारतः वर्षे अधिवेशनको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदी राष्ट्रपति रामनाथ कोभिन्दबीच भेटवार्ता

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : indianexpress.com
Photo : indianexpress.com

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रपति रामनाथ कोभिन्दसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रमममा उनीहरूबीच महत्वपूर्ण विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति कार्यालयले लेखेको छ, “राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा राष्ट्रपति भवनमा आज महत्वपूर्ण छलफल भएको छ।”

भारतकोमा वर्षे अधिवेशन सुरु हुन लागेको पूर्वसन्ध्या उनीहरूका बीचमा भेटवार्ता भएको हो। भारतको वर्षे अधिवेशन यही जुलाई १९ देखि सुरु हुने तय भएको छ।

भारतका राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा भएका महत्वपूर्ण छलफलका बारेमा भने विस्तृत जानकारी दिइएको छैन।

यसअघि प्रधानमन्त्री मोदीले वाराणसीमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गरेका थिए। त्यो परियोजनालाई महत्वपूर्ण परियोजना मानिएको छ। 

प्रकाशित मिति: : 2021-07-16 06:02:00

प्रतिकृया दिनुहोस्