प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार प्रवेश गरेका छन्।

कांग्रेस सभापतिसमेत रहेका देउवाले ज्याेतिषबाट बालुवाटार सर्ने समय-साइत जुराएका थिए। ज्याेतिषकै अनुसार देउवा आज सरकारी निवास सरेका हुन्।

यसअघि निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान साढे ११ बजे बालुवाटार छाडेका थिए। 

प्रकाशित मिति: : 2021-07-16 10:31:00

प्रतिकृया दिनुहोस्