सवारीचालक अनुमतिपत्रका लागि आवेदन खोल्ने तयारीमा यातायात विभाग, रोकिएको परीक्षा कहिलेबाट सुरु हुन्छ?

बिबिसी

काठमाडौँ

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दा बन्द भएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा "दुई साताभित्र खुला गर्ने" गृहकार्य थालिएको अधिकारीहरूले बताएका छन्।

सरकारले काठमाण्डू उपत्यकासहित विभिन्न सहरमा गत वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा निरन्तर खुकुलो पार्दै लगेको अवस्थामा लाइसेन्सको आवेदन र परीक्षा थाल्ने तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशकले जानकारी दिएका छन्।

विभागले यसका लागि काठमाण्डू उपत्यकाका यातायात कार्यालय प्रमुखहरूसँग छलफल गरेको तथा उनीहरूलाई प्रदेशका सम्बन्धित निकायसँग परामर्श गरेर जानकारी गराउन अनुरोध गरेको बताइएको छ।

अहिले यातायात कार्यालयहरू प्रदेश सरकारमातहत रहने र छुट्टाछुट्टै कार्यालयले सूचना जारी गर्नुभन्दा एकीकृत सूचना सार्वजनिक गर्न उपयुक्त हुने आफूहरूको धारणा रहेकाले त्यसैअनुरूप कुराकानी भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: : 2021-07-16 14:26:00

प्रतिकृया दिनुहोस्