श्रीमानको टाउकोमा किलो ठोकी हत्या

Symbolic photo
Symbolic photo

मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ।

नारायण नगरपालिका-११ टाटामकु डाँडा टोल बस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी बताएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थाई प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरीले सुसिलालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: : 2021-07-16 14:47:00

प्रतिकृया दिनुहोस्