अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्छ: अध्यक्ष ओली

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने बताएका छन्।

शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताए।

‘एमालेविरूद्ध अझ धेरै षडयन्त्र सुरू हुनेछ। सदन छोटो समय बसेर टुङ्ग्याउन सक्छन्। अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न प्रयास गर्छन्', उनले भने, 'प्रदेश र स्थानीय तहमा पनि दुस्ख दिन सक्छन्। दमनको सुरुवात हुनेछ।’

अध्यक्ष ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको आरोप लगाए।

‘अदालतले किर्ते कागजलाई मान्यता दियो। अल्पमतलाई सरकार बनाउन परमादेश दियो।  ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो,’ उनले भने, ‘यो फैसलामा हाम्रो सहमति छैन। तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं।’

प्रकाशित मिति: : 2021-07-16 18:09:00

प्रतिकृया दिनुहोस्