सन् २०३० को विश्वकप फुटबल आयोजना गर्न साउदी अरेबिया र इटालीले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।
अहिले साउदी र इटालीबीच छलफल भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सन् २०३० को विश्वकपकै लागि अन्य थुप्रै राष्ट्रहरुले पनि आयोजना गर्ने दाबी पेश गर्ने बताइएको छ। तर फिफाले यस विश्वकप आयोजकको घोषणा २०२४ मा गर्नेछ।
यसअघि स्पेन र पोर्चुगलले पनि २०३० को विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी पेश गरिसकेका छन्।
सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ।