गुजरात: जन्म भएको दुई महिनामा दुई पटक अपहरणमा परेर फेरि भेटिएका भारतीय शिशु

बिबिसी

नयाँ दिल्ली

भारतको पश्चिमी राज्य गुजरातमा दैनिक ज्यालादारी काम गर्ने दम्पतीका एक दुईमहिने शिशु दुई पटक अपहरणमा परे।

बीबीसी गुजरातीका भार्गव पारिखले त्यसको कारण खोतलेका छन्।

"अब म मेरो छोरालाई एक छिन पनि छाड्दिनँ," गुजरातको गान्धीनगरमा बस्ने एक गरिब श्रमिक मीना वादीले भनिन्।

ती पच्चीस वर्षीया महिला दुई महिनाअघि आफ्नो छोरा दुई पटक अपहरणमा परेको कुराले अझै त्रस्त छिन्।

अबोध शिशुलाई लिएर अस्पतालबाट घर फर्किएकै दिन एप्रिल १ मा मीनाका छोरा हराए।

उनका अनुसार सुत्केरी भएको अस्पतालमा आफूलाई नर्स बताउने एक महिला घरमा आएर शिशुले खोप लगाउनुपर्ने बताएकी थिइन्।

त्यसपछि मीना छोरालाई लिएर उनीसँगै अस्पताल गइन्। ती महिलाले फोटो खिच्नुपर्छ भन्दै मीनालाई पर्खिन आग्रह गरेर बच्चालाई कतै लगिन्।

घण्टौँ बित्दा पनि ती महिला नआएपछि मीना अत्तालिएर उनलाई खोज्न थालिन्।

प्रकाशित मिति: : 2021-07-17 07:58:00

प्रतिकृया दिनुहोस्