गरीब घरमा जन्मिएका डगेन्द्रको संघर्ष : ज्यालादारी श्रमिकदेखि जनस्वास्थ्य अधिकृतसम्म

लोकान्तर

काठमाडाैं

खापालको जागिर खाने उद्देश्य लिएर मोरङको उर्लाबारीका डगेन्द्र घोर्सानेले उच्च शिक्षा पढ्न तेह्रथुमको म्याङलुङ क्याम्पस गए तर आर्थिक अवस्था कमजोर भएका कारण उनले सोचेको विषय पढ्न सकेनन् ।

ऐच्छिक अंग्रेजी विषय लिएर प्रविणता प्रमाणपत्र तह पढेका उनले १२ कक्षा पास गरेपछि आर्थिक अभावकै कारण पढाइलाई निरन्तरता दिन सकेनन् । 

पढाइमा अब्बल हुँदाहुँदै पनि पर्याप्त पैसा नभएपछि उनले वैदेशिक रोजगारीमा जानुपर्ने भयो । गाउँमै महंगो व्याजमा ऋण खोजेर उनी गहभरी आँसु पार्दै आमाबुवाबाट इराक जान बिदा भए । 

२०६४ सालमा घरबाट फूलमाला लगाएर इराक हिँडेपनि उनको मनमा पढाइ नै थियो । विदेशबाट पैसा कमाएर स्वदेश फर्किंदै फेरि पढ्ने योजना थियो उनको ।

इराकमा उनले ३४ महिना दिनरात नभनी काम गरे । कुनै सीप नभएकाले उनले इराकमा कहिले ज्यालादारी श्रमिक, कहिले सुरक्षा गार्ड, कहिले पेट्रोल पम्पको काम गरे । कम्प्युटर चलाउन जान्ने भएकाले उनले कहिलेकाहीँ कम्प्युटरको काम पनि पाउँथे । इराकमा उनले मासिक २५–८० हजार रुपैयाँसम्म कमाए ।

चरम गरीबीमा मल्हम लगाउने मिल्ने गरी अलिकति पैसा ल्याएर उनी स्वदेश फर्किए । तर अझै पर्याप्त पैसा जुटिसकेको थिएन । आमाबुवा र पत्नीका चाहना पूरा गर्न नसकेकोमा उनलाई चिन्ता लागिरहन्थ्यो । तर उनले चिन्ता छाडेर आफ्नो लक्ष्यमा अगाडि बढ्ने निधो गरे ।

एकदिन सुत्नेबेला उनले पत्नीलाई सोधे, ‘मेरो पढ्ने चाहना छ, कुन विषय लिएर पढुँ ?’ पत्नी रेनुका भण्डारीले सल्लाह लिइन्, ‘प्राविधिक शिक्षा पढ्नू ।’

प्रकाशित मिति: : 2021-07-17 14:18:00

प्रतिकृया दिनुहोस्