पुन:स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ। संसदकाे आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भएकाे हाे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापित गरेकाे थियाे।

आइतबारकाे बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने भएकाे छ। ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो। तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन्।

यद्यपि, आइतबारको पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ।

प्रकाशित मिति: : 2021-07-18 08:11:00

प्रतिकृया दिनुहोस्