अफ्गानिस्तानमा तालिबानद्धारा सेनाको हत्या, एम्नेस्टी इन्टरनेसनलद्धारा युद्ध अपराधको संज्ञा 

File Photo
File Photo

अफ्गानिस्तानमा तालिबानले सेनाको हत्या गरेको घटनाप्रति  मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले निन्दा गरेको छ।

मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विद्रोही लडाँकु समूह तालिबानद्धारा २२ जना अफ्गानी सेनाको हत्यालाई युद्ध अपराधको संज्ञा दिँदै निन्दा गरेको छ। अफ्गानिस्तानको उत्तरी क्षेत्रमा तालिबान लडाँकु समूहले आत्मसमर्पण गर्ने २२ सैनिकहरुको ज्यान लिएको हो।

गत महिना अफ्गानिस्तानको उत्तरी क्षेत्रहरु दउलत अबद क्षेत्रमा सेनाहरुलाई मारेको भिडियो पछिल्लो समय अमेरिकी टेलिभिजन सीएन्एन्ले सार्वजनिक गरेको हो। घटनास्थलबाट २२ जना सेनाको शव फेला परेको रेड क्रसले जनाएको छ। मानव अधिकारकर्मीहरुले  अफ्गानी सरकार समक्ष घटनामाथि छानबीनको माग गरेको छ।

एम्नेस्टी इन्टरनेसनलको दक्षिण एसिया अभियानकर्ता समिरा हमिदीले अफ्गानिस्तानको दर्दनाक अबस्था यो घटनाले देखाएको टिप्पणी गरेकी छन्। तालिबानले आत्मसमर्पण गर्ने सेनाको ज्यान लिएको घटना युद्ध अपराध रहेको उनले बताईन्। तालिबानले अफ्गानिस्तानमा आतंकवादी गतिविधिहरु अन्त्य गरेको दाबी गर्दै आए पनि मानव अधिकार उल्लंघन र हत्याको घटनाहरु भईरहेको छ।

प्रकाशित मिति: : 2021-07-18 08:39:00

प्रतिकृया दिनुहोस्