प्रतिनिधिसभाकाे दाेस्राे बैठकमा प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिने

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधिसभाकाे दाेस्राे बैठकमा विश्वासकाे मत लिने भएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसाे चार बजे पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ। पहिलाे बैठक सकिएकाे केही समयमा सुरू हुने दाेस्राे बैठकमा  प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिने कार्यसूची रहेकाे  संघीय संसद सचिवालयले जनाएकाे छ।

प्रतिनिधिसभा पहिलाे बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे सभामुख अग्नि सापकाेटाले बताएका छन्।

पहिलाे बैठक सकिएकाे केही समयमा सुुरू हुने दाेस्राे बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची रहेकाे सभामुख सापकाेटाले बताए।

सर्वाेच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। साेही अनुसार प्रधानमन्त्री देउवाले आज विश्वासकाे मत लिन लागेका हुन्।

प्रकाशित मिति: : 2021-07-18 13:10:00

प्रतिकृया दिनुहोस्