संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

फाइल तस्वीर
फाइल तस्वीर

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को यही साउन २ गतेको निर्णय एवं सिफारिस नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम उक्त अध्यादेश खारेज गरेकी हुन्। 
    

   

प्रकाशित मिति: : 2021-07-18 15:23:00

प्रतिकृया दिनुहोस्