एमाले अध्यक्ष ओलीले भने, ‘घुँडा टेकेर बिन्ती गर्दागर्दै घुँडामा प्याण्ट नै फाटिसक्यो, अझै कति घुँडा टेक्नु ?’

फाइल तस्वीर
फाइल तस्वीर

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर गतिविधि’ सञ्चालन गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग सहमतिका लागि ‘घुँडा टेकेर बिन्ती गर्दागर्दै आफ्नो पाइण्ट घुँडामा फाटिसकेको’ बताउँदै ‘अझै कति घुँडा टेक्नु’ भनेर बिम्बमा प्रश्न गरेका छन्।

पार्टी एकताका लागि हदैसम्म लचिलो भएर वरिष्ठ नेता नेपालसँग संवादका लागि आग्रह गर्न पुगेका विघटित कार्यदलमा रहेका एमाले स्थायी कमिटीका पदाधिकारी र सदस्य गरी नौ जनासँग शनिवारको छलफलमा यस्तो बताएका हुन्।

उक्त ‘बिम्ब’ माधव नेपालसँग उनकै निवास, कोटेश्वरमा आइतबार भएको छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका हुन्।

वरिष्ठ नेता नेपालसँग छलफलका लागि ओलीलाई आग्रह गरेपछि ओलीले भनेका थिए, ‘अझै कति विन्ती गर्नू, मेरो बालकोट निवासको ढोका उहाँसँग छलफलका लागि सधैँ खुला छ।’

प्रकाशित मिति: : 2021-07-18 17:10:00

प्रतिकृया दिनुहोस्