भीम रावलले बुझाए सांसद् पदबाट राजीनामा, माधव नेपालमाथि तीव्र दबाब

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। अछामबाट प्रत्यक्ष निर्वाचित सांसद्ले रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै आइतबार राजीनामा बुझाएका हुन्।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुन चाहन्छु, त्यसैले राजीनामा दिन आएको हुँ,’ राजीनामा बुझाएपछि रावलले भने, ‘म राजीनामा दिन्छु।’

महासचिव भरतराज गौतमलाई राजीनामा बुझाएपछि उनी सभामुख अग्नि सापकोटालाई भेट्न उनी संघीय संसद् भवन, नयाँबानेश्वर पुगेका छन् ।

रावल नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक थिए। आइतबार बिहान वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएपछि रावलले असहमति राखेका थिए ।

देउवालाई मत दिने नेपाल पक्षको निर्णयसँग उनी असहमत थिए ।

आइतबार पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि रावलले राजीनामा दिएका हुन्।


माधव नेपालमाथि रावल र पाण्डेको प्रश्न– देउवालाई विश्वासको मत दिने निर्णय कहिले भएको थियो ?


प्रधानमन्त्री देउवालाई पहिलो दिनमै विश्वासको मत लिन माधव नेपालले सुझाव दिएको खुलासा

प्रकाशित मिति: : 2021-07-18 16:18:00

प्रतिकृया दिनुहोस्