महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। 

जसपा सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको बताएका छन्। 

​प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए। पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो।

देउवाले मधेका मुद्दा सम्बाेधन गर्ने आश्वासन दिएपछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो। 

प्रकाशित मिति: : 2021-07-18 18:01:00

प्रतिकृया दिनुहोस्