पहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले ‘श्रीमान् ५’ ले : ज्ञवाली

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘श्रीमान् ५’ बाट प्रधानमन्त्री नियुक्त भएको प्रतिक्रिया दिएका छन्।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा बाेल्दै नेता ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन्।

‘तीन-तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ ज्ञवालीले भने, ‘इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो।’ 

प्रकाशित मिति: : 2021-07-18 18:52:00

प्रतिकृया दिनुहोस्