बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु

Photo - AP
Photo - AP

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो। बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन्।

#MumbaiRains#VikhroliLandslide
UPDATE @ 9:30 hrs
🔸Due to hvy rains
🔸2nd landslide rptd
🔸SuryaNagar,Islampur 🔸Panchsheel Chawl,Vikhroli
🔸6 bodies recov
🔸Some missing
🔸Local agencies on site 🔸@5Ndrf team joined
🔸OPS ON@NDRFHQ @HMOIndia @BhallaAjay26 @PIBMumbai @ANI pic.twitter.com/rZvcfEGsB5

— ѕαtчα prαdhαnसत्य नारायण प्रधान ସତ୍ଯପ୍ରଧାନ-DG NDRF (@satyaprad1) July 18, 2021

बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजाराैँ मानिस अलपत्र परेको पाइएको छ।

बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन्। अरूको अन्य ठाउँमा मृत्यु भएको हो।

मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो। घटनामा परी अरु सात जना घाइते समेत भएका छन्। उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

Saddened by the loss of lives due to wall collapses in Chembur and Vikhroli in Mumbai. In this hour of grief, my thoughts are with the bereaved families. Praying that those who are injured have a speedy recovery: PM @narendramodi

— PMO India (@PMOIndia) July 18, 2021
प्रकाशित मिति: : 2021-07-19 05:33:00

प्रतिकृया दिनुहोस्