प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले चेल्सीका डिफेन्डर मार्क गुहीलाई अनुबन्धित गरेको छ।
क्रिस्टलले आइतबार सेन्टर ब्याक मार्कलाई अनुबन्धित गरिएको बताएकाे छ।
२१ वर्षीय डिफेन्डरले क्रिस्टलसँग पाँच वर्षकाे लागि सम्झौता गरेका हुन्। च्याम्पियनसिप क्लबका लागि उनले ५९ खेल खेलेका छन्।
मार्कले इंग्ल्यान्डको उमेर समूहका सबै टिमबाट खेलिसकेका छन्। चेल्सीको एकेडेमीमा हुर्किएका मार्कले पछिल्लो समय लोनमा स्वान्सी सिटीबाट खेलेका थिए।