विदेशको कमाइ उद्योगमा हाले, महिनामा कमाउँछन् डेढ लाख

सेतोपाटी

काठमाडौं

नवलपरासी, बर्दघाट सुस्ता पूर्वका गोविन्दनन्द महतोले दस वर्ष संयुक्त अरब इमिरेट्स (युएइ)मा बिताए। त्यहाँ उनी सेल्समा काम गर्थे। 

कोठा र अफिस जाँदा-आउँदा गाडी कम्पनीले दिएको थियो। सेवा-सुविधा राम्रै भए पनि लामोदेखि परदेशी जीवन बाँचिरहेका गोविन्दलाई स्वदेश फर्किने इच्छा लाग्न थाल्यो। 

'कमाइ ठिकै थियो, मासिक दुई हजार आठ सय दिराम,' उनले भने, 'तर परिवारबाट टाढा रहेर काम गर्दा खल्लो लागिरहन्थ्यो।' परिवारसँगै बसेर देशमै केही गर्नुपर्छ भन्ने सोच दिमागमा घुम्दै थियो। २०७० सालमा उनका बुबा बिरामी परे। त्यही बेला युएइबाट फर्किएका उनले यहीँ काम थाले। 

अहिले गोविन्द उनको घर छेउमै 'युनिटी सिमेन्ट सामग्री उद्योग' चलाइरहेका छन्। उद्योगले रिङ, ब्लक लगायत सिमेन्टजन्य सामान उत्पादन गर्छ। यसमा उनका काकाका छोरा एननारायण महतोले थोरै लगानी थपेका छन्। उनी पनि विदेशबाटै फर्केका हुन्।

'परिवारबाट कति टाढा बस्ने भन्ने सोचेर यहीँ काम गर्ने योजना बनाउँदै थिएँ। त्यही बेला दाइ विदेशमा समस्या परेर फर्किनुभएको थियो। उहाँले पनि नेपालमै केही गरौं भन्नुभयो,' ४२ वर्षीय गोविन्दले उद्योग सुरू गर्दाको समय सम्झे।

प्रकाशित मिति: : 2021-07-21 06:44:00

प्रतिकृया दिनुहोस्