शेरबहादुर देउवा सरकार: प्रचण्ड किन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन होस् भन्ने चाहन्छन्

बिबिसी

काठमाडौं

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालन र सत्तारूढ दलहरूबीच समन्वयन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्।

सरकारलाई नीतिगत सहयोगहरू गर्न र गठबन्धनमा रहेका सबै दलहरूलाई विश्वासमा लिनका लागि त्यस्तो संयन्त्र बनाउनुपर्ने धारणा प्रचण्डले राखेको नेकपा माओवादी केन्द्रका एक नेताले बीबीसीलाई बताए।

मङ्गलवार प्रधानमन्त्री देउवा र गठबन्धनका अन्य नेताहरूसँग प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र सरकार विस्तारसहितका विषयमा छलफल गरेका थिए।

संविधानले नचिन्ने भएकाले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनप्रति प्रधानमन्त्री देउवाको दल नेपाली काङ्ग्रेसका कैयौँ नेता अनिच्छुक छन्।

संयन्त्र किन चाहियो?

माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार सरकारलाई सहयोग गर्न र सत्ता गठबन्धनलाई बलियो बनाउने उद्देश्यले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गरिएको हो।

"यो गठबन्धन सरकार हो र यसलाई नीतिगत सहयोगहरू गर्नलाई एउटा उच्चस्तरीय संयन्त्र भएको सजिलो हुन्थ्यो भन्ने हाम्रो पार्टीको निष्कर्ष हो," पुनले भने।

प्रकाशित मिति: : 2021-07-21 11:33:00

प्रतिकृया दिनुहोस्