देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीका रूपमा आइतबार विश्वासको मत दिएका २२ सांसदलाई एमालेले बुधबार स्पष्टीकरण सोधेको हो।

माधव नेपालसहितका २२ सांसदलाई स्पष्टीकरण सोध्दै पत्र पठाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

पार्टीको निर्णयविपरीत 'फ्लोर क्रस' गरेर देउवाको पक्षमा मत दिएको भन्दै अध्यक्ष केपीशर्मा ओलीले २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्। 

प्रकाशित मिति: : 2021-07-21 16:38:00

प्रतिकृया दिनुहोस्