तीन बुँदे सहमति कार्यन्वयन गर्न प्रधानमन्त्रीलाई विप्लवकाे ताकेता

नेपाल कम्युनिष्ट पार्टी– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री देउवा भेट्न विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला समेत बालुवाटार पुगेका छन्। भेटमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको नेकपाका एक नेताले बताएका छन्।

राजनीतिक भेटवार्ता मूलतः सरकार र नेकपाबीच गत फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनको अवस्था र वर्तमान राजनीतिक परिस्थितिका बारेमा केन्द्रित रहेको प्रस्ट देखिएको छ।

भेटवार्तामा महासचिव विप्लवले ओली नेतृत्वको सरकारसँग भएका सहमति सरकारले कुन ढङ्गले ग्रहण गर्छ भन्ने विषयमा कुराकानी गरेको बुझिएको छ।

अघिल्लाे सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो।

छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन्। भेटमा महासचिव विप्लवले तीनबुँदे सहमति बारे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ।

प्रकाशित मिति: : 2021-07-21 18:24:00

प्रतिकृया दिनुहोस्