कांग्रेस सांसद सिंहले दिए राजीनामा (पत्रसहित)

File photo
File photo

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजीनामा दिएका छन्।

क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा वर्षौंदेखि कांग्रेसमा रहेर काम गर्दै आएका इमान्दार कार्यकर्तालाई पाखा लगाइएको भन्दै असन्तुष्टी जनाउँदै आएका नेता सिंह बुधबार राजीनामा दिएका हुन्। 

बालुवाटार पुगेर सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएकाे सिंहले बिएल नेपाली सेवासँग बताएका छन्। 

‘नेपाली कांग्रेस केही दलालहरुको पार्टी हाेइन, सबै तिरका कार्यकर्ता सुरक्षित हुनुपर्ने हाे, तर त्यसाे हुन सकेन त्यसैले राजीनामा दिएँ।’  नेता सिंहले भने। 

प्रकाशित मिति: : 2021-07-21 20:45:00

प्रतिकृया दिनुहोस्