श्रीलङ्कामा तमिल विद्रोहीसँग लडेका नेपाली: कसैलाई वीरचक्र, कसैलाई जीवनभरिका लागि चोट

बिबिसी

काठमाडौं

"...रेम्बो, रेम्बो... एलएमजी टु... !" तीन दशक बितिसक्यो तर आँखा लोलाएका बेला अहिले पनि देवभक्त राई (५६) का कानमा यी शब्दहरू गुञ्जिरहन्छन्।

चाहेर पनि उनी आफ्ना कानमा अन्तिम पटक ती शब्द गुञ्जिएको २३ मे १९८९ को दिनलाई बिर्सन सक्दैनन्।

"आफैँमा घटेको घटना त जीवनभरि याद रहने रहेछ," उनी भन्छन्।

घटना लडाइँको मैदानको हो। तर उनी आफ्नै देशमा वा आफ्नै देशका खातिर लड्दै थिएनन्।

न त उनी जुन देशको सेनामा भर्ती भएका थिए, त्यसको सीमा रक्षाका लागि नै लडाइँमा होमिएका थिए।

३२ वर्षअघिको घटना सम्झिँदा अहिले पनि उनलाई "त्यो अनाहकको लडाइँ" थियो जस्तो लाग्छ।

"त्यहाँ गएर न हामीले कुनै उपलब्धि पायौँ न हामीलाई पठाउने देश (भारत) ले नै केही पायो। सबैलाई नोक्सान मात्र भयो," भूतपूर्व भारतीय गोर्खा सैनिक राईले बीबीसीसँग भने।

पूर्वी नेपालको सुनसरीमा बसोबास गर्ने राईले ३२ वर्षपछि स्मरण गरेको उक्त घटना श्रीलङ्काको हो।

त्यसबेला उनी इन्डियन पिस-किपिङ फोर्स (आईपीकेएफ) अन्तर्गत श्रीलङ्कामा तमिल विद्रोही विरुद्धको लडाइँमा खटिएका थिए।

प्रकाशित मिति: : 2021-07-22 11:58:00

प्रतिकृया दिनुहोस्