साइबर सुरक्षा नेपालः ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’

बिबिसी

काठमाडौं

नेपालको केन्द्रीय ब्याङ्कसहित विभिन्न ब्याङ्किङ प्रणाली ह्याक गरेर ठूलो हानि पुर्‍याउने बेहोराको एउटा सन्देश सामाजिक सञ्जालमा भाइरल भएपछि "आफूहरूले उच्च साइबर सुरक्षा सतर्कता अपनाएको" वित्तीय अधिकारीहरूले बताएका छन्।

नेपाल राष्ट्र ब्याङ्कका अधिकारीका अनुसार उक्त सन्देशबारे सबै वित्तीय संस्थालाई जानकारी गराएर आफ्नो प्रणाली चुस्त राख्न निर्देशन दिइएको छ।

नेपाल प्रहरीका प्रवक्ताले "उक्त घटनाबारे साइबर ब्यूरोले राष्ट्र ब्याङ्कसँगको समन्वयमा काम गरिरहेको जानकारी दिएका छन्।

एक साइबर सुरक्षाविज्ञका अनुसार यो प्रकरणमा "ह्याकिङ गर्नेभन्दा पनि धम्की दिने उदेश्य रहेको जस्तो" देखिएको छ।

के भएको हो?

राष्ट्र ब्याङ्क र कतिपय वाणिज्य ब्याङ्कका अधिकारीहरूका अनुसार बुधवारदेखि वित्तीय क्षेत्रका व्यक्तिबीच सामाजिक सञ्जालबाट एउटा "इमेलको स्क्रीनशट" आदानप्रदान भएको थियो।

राष्ट्र ब्याङ्कका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायणप्रसाद पोखरेल र नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेल ठेगानामा "पठाइएको जस्तो देखिने बनाइएको" उक्त स्क्रीनशटमा राष्ट्र ब्याङ्क र नेपालका १४ वटा वाणिज्य ब्याङ्कको नामै तोकेर "ह्याकिङको धम्की दिइएको" अधिकारीहरूले बताए।

प्रकाशित मिति: : 2021-07-23 06:22:00

प्रतिकृया दिनुहोस्